मुख्य खबरसमाचारफिचर

‘जाउँ है पोखरा’ अभियानको टोली हेटौंडामा

संवाददाता

 खबरबाकस \ जाउँ है पोखरा अभियान लिएर पश्चिमाञ्चल होटल संघ पोखराको टोली मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेको छ । संघले दुई दशकअघि अगाडि सारेको ‘जाउँ है पोखरा’ अभियान कोरोना महामारीका कारण दुई वर्ष रोकिए पनि यस वर्ष अगाडि बढाईएको हो।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालमा राजनीतिक द्धन्द चरम उत्कर्षमा पुग्दै गर्दाको अफ्ठ्यारो अवस्थामा सुरू गरिएको यो अभियानलाई कोरोना महामारी पछि पनि निरन्तरता दिन लागिएको बताएका छन् ।

कोभिड महामारीका कारण नेपाली पर्यटन नराम्ररी थला परेको अवस्थामा यो अभियानले पर्यटन क्षेत्र केही चलायमान हुनाले अभियान सञ्चालन गरिएको बताए । फागुन ८ गते पोखराबाट हिँडेको अभियान टोली बुटवल, हुदैं हेटौडा, वीरगन्ज र चितवनमा कार्यक्रम आयोजना गरिने बताए ।

हेटौंडामा होटल एशोसियसन आफ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा अभियानका संयोजक विकल तुलाचनले भूकम्प र कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन अभियानमार्फत पर्यटकीय माहोल सिर्जना गर्दै सकारात्मक सन्देश प्रवाह गर्न लागिएको बताए ।

२० वर्ष देखी जारी अभियान यस वर्ष पनि सञ्चालन गरिन लागिएको भन्द्र तुलाचनले ३० देखी ५० प्रतिशत सम्म छुटको योजनाहरु रहेको बताए । पोखरा ४० प्रतिशत आन्तररिक पर्यटकले सञ्चालन भइरहेको अवस्थामा छ यो अभियानले वीरगञ्ज र छिमेकी मूलुक भारतका नागरिक आउन सक्ने हुनाले अभियान वीरगञ्ज सम्म लगिएको बताए ।

उनले सुस्ताएको आन्तरिक पर्यटनलाई पुनः उत्थान गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताउँदै नयाँ वर्षका अवसरमा आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवको निमन्त्रणासमेत अभियानकै क्रममा गरिएको बताए। यस वर्ष पोखरामा आधा अर्ब माथीको लगानीमा निर्मित शीव मन्दिर निर्माण गरि नयाँ पर्यटन गन्तव्य तयार गरिएको उनले बताए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, नारायणी संघ हेटौंडाका प्रवन्धक सरोज खनाल लगायतले पर्यटन र आन्तरिक प्रवद्र्धनका विषयमा आफ्ना विचार राखेका थिए ।

कार्यक्रममा होटल संघ पोखराका पूर्व अध्यक्ष भरतराज पराजुली, अभियानका परिकल्पनाकार विप्लप पौडेल, उद्योग व्यवसायी संगठन गण्डकी प्रदेशका सदस्य हरि शमाृ गैह्रे, संघका पूर्व अध्यक्ष बच्चुराम तिवारी, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल लगायतकाको अतिथ्यता रहेको थियो ।