
प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले बेल घराउ गर्दै नाराबाजी गरेका छन् । एमालेका सांसदले कारबाही गरेका १४ सांसदलाई हटाउनुपर्ने माग गर्दै आएका छन् ।
अमेरिकी सहायता परियोजना एमसीसी आज आइतवारको संसद् बैठकमा पेस हुने पक्का भएको छ । सङ्घीय संसद् सचिवालयले संसदको दैनिक कार्यसूचीमा एमसीसी पेस हुने उल्लेख गरेको छ ।
यसैबीच एमसीसी सम्झौता संसदमा पेस गर्ने निर्णयप्रति माओवादीले कार्यव्यवस्था परामर्श समितिमै विरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङ र सदस्यहरू जयपुरी घर्ती र रेखा थापाले लिखित रूपमै असहमति राख्नुभएको छ ।
उहाँहरूले संशोधनविना एमसीसी पेस गर्ने सहमतिप्रति गम्भीर आपत्ति रहेको जनाउनुभएको छ ।








