मुख्य खबरसमाचारफिचर

बागमती प्रदेश सरकारले मनायो प्रजातन्त्र दिवस

संवाददाता

 खबरबाकस \ बागमती प्रदेश सरकारले आज ७२ औं प्रजातन्त्र दिवस मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अमेरिकी सहयोग नियोग एमसीसी अनुदानका कारण देशको राजनीति जटिल अवस्थामा पुगेको बताएका छन् ।

उनले लामो समयको संघर्षपश्चात् देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्नुपर्ने समयमा विदेशी अनुदानको विषयले राष्ट्रिय राजनीतिमा उतारचढाब हुने अवस्था आएको बताए ।

प्रदेश सरकारले तीनदिन प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार मूल समारोह समितिले शुक्रबार, शनिबार र आइतबार विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइरहेको छ ।

शनिबार भएको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कार्यक्रममा सहभागिता जनाएको थिएन् । मुख्यमन्त्री कार्यालयमा भएको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेका नेता, कार्यकर्ता तथा सांसद कोही पनि सहभागी भएका थिएनन् ।

शुभकामना आदानप्रदानका लागि बनाइएको मञ्चमा मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल तथा स्वास्थ्य मन्त्री निमा लामा मात्र रहेका थिए ।