मुख्य खबरसमाचारफिचर

तरुण युवा नेता गोले जिल्ला सदस्यमा उम्मेदवारी दिने

संवाददाता

 खबरबाकस \ नेपाल तरुण दल मकवानपुरका जिल्ला सदस्य भई कार्यसम्पादन गरिसकेका पार्टीको तरुण विभाग सदस्य राजकुमार गोले नेपाली कांग्रेसको १४ अधिवेशनमा पार्टीको जिल्ला सदस्यमा उम्मेदवार बन्ने भएका छन् ।
विद्यार्थी जीवनदेखी राजनितिमा लागेका ४० वर्षीय गोले आसन्न जिल्ला निर्वाचनमा जनजाति तर्फबाट जिल्ला सदस्यमा उम्मेदवारी बन्न लागेका हुन् ।

२०५६/०५७ तिर नेपाल विद्यार्थी संघमा आवद्ध भएका गोले तत्कालीन मकवानपुरगढी गाविसमा २०६६÷६७मा तरुण दलका अध्यक्ष भईका आफ्ना कार्य सम्पादन गरिसकेका छन् ।

युवा जोसजागँरका साथ पार्टीमा योगदान गर्दै आएका गोले २०६९/०७०मा जिल्ला तरुण दलका सदस्य भएका उनी हाल पार्टीको तरुण दल विभागको सदस्य भई आफ्नो काम र योगदान गर्दै आएका छन् ।

पार्टीको १४ औं महाधिवेशनमा जनजाती तर्फबाट क्षेत्रीय प्रतिनिधि बनेका युवा नेता गोले पार्टीमा युवाको अत्यन्त ठुलो भुमिका रहन्छ भन्दै सदस्य पदमा आफ्नो उम्मेदवारी रहेको बताए ।

सामाजिक सेवामा क्रियाशील गोले मकवानपुरगढी २ निवासी हुन् । उनी मकवानपुरगढी २ मा रहेको चण्डिका माध्यामिक विद्यालयका अध्यक्ष पनि रहेका छन् । क्रसर व्यवसायी रहेका उनी व्यवसाय सँगसँगै सामाजिक कार्यमा पनि उत्तिकै आफ्नो भूमिका निभाउदैं आइरहेका छन् ।