मुख्य खबरसमाचारफिचर

बागमती प्रदेशसभा १६ गते बैठक बस्ने

संवाददाता

 खबरबाकस \ बागमती प्रदेशसभाको बैठक फागुन १६ गते आइतबार बस्ने भएको छ । बुधबार बसेको सर्वदलिय बैठकमा प्रदेशसभाको बैठक राख्ने विषयमा सहमति भएको सभाका सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।

प्रदेशसभाको बैठक गत पुस ८ गतेदेखि विपक्षी एमालेको अवरोधका कारण बस्न सकेको छैन । सर्वदलिय बैठकमा फागुन १५ गते पुनः सर्वदलिय बैठक राख्ने र १६ गते प्रदेशसभाको बैठक बोलाउने विषयमा सहमति भएको सभामुख श्रेष्ठले बताउनुभयो ।

बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । अब प्रदेश सभा बैठक बस्छ र सोही अनुरुप कार्यसूची बैठक अगाडि नै तय गरिनेछ प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताउनुभयो ।