
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो ।
४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ जना पुगेको छ ।
देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् ।








