
खबरबाकस \ बिन्दाबासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा सञ्चारले वार्षिकोत्सवमा अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
रेडियोले स्थापनाको १४ वर्ष पुरा गरि १५ औ वर्षमा प्रवेश गरेको अवसरमा आईतबारबाट सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन सोमबार आयोजित बृहत रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको रेडियोका स्टेसन म्यानेजर मणिराज गौतमले बताए ।
कार्यक्रमको तेस्रो दिन भोली मंगलबार रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्नेछ ।

सप्ताहव्यापी कार्यक्रमको चौथो दिन फागुन ४ गते दुध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया हुने जनाइएको छ । कार्यक्रमको पहिलो दिन आईतबार पर्यावरण प्रवद्र्धनमा साइकल र्याली गरेको थियो ।








