मुख्य खबरसमाचारफिचर

एमाले मकवानपुरको सदस्यहरुको सपथ ग्रहण

संवाददाता

हेटौंडा \ पार्टी भित्रको आन्तरिक विवाद समाधान भएसँगै नेकपा एमालेका जिल्ला सदस्यहरुले सोमबार सपथ ग्रहण गरेका छन् ।

निर्वाचनका बेला भएको विवादका कारण एमालेको गत पुस २३–२४ गते हेटौंडामा भएको ११ औं जिल्ला अधिवेशनबाट चुनिएकाहरुले सपथ ग्रहण गरेका हुन् ।

अध्यक्षको विषयमा हालका अध्यक्ष एकालाल श्रेष्ठ र अध्यक्षका उम्मेदवार बद्री प्रसाद लम्सालबीच भएको विवाद पश्चात सपथ ग्रहण रोकिएको थियो तर पार्टीले सपथ ग्रहण दुईचरणमा गरी पूरा गरेको छ ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिव (दुई) सहित १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको थियो ।

गत माघ ११ गते पदाधिकारीसहित अधिवेशनमा पदाधिकारीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएकाहरुको सपथग्रहण गरिएको थियो । र बाकीँ रहेकाहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि सपथ ग्रहण गराइएको हो ।