मुख्य खबरसमाचारफिचर

एमालेले चोलेन्द्रलाई बोकेर हिँड्दैन : केपी अ‍ोली

संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने बताएका छन् ।

सोमबार ३ घण्टा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई एमालेले बोकेर हिँड्न नचाहेको बताएका हुन् । बैठकमा सांसदहरुले चोलेन्द्र शमशेर राणामाथिको महाभियोग र एमसीसीबारे पार्टीको धारणा स्पट हुनुपर्ने माग राखेका थिए ।

सांसदहरुको जिज्ञासापछि जवाफ दिँदै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणविरुद्धको महाभियोगमा गम्भिर षड्यन्त्र लुकेको भन्दै आवश्यक परे सडक, अदालत र संसदबाट समेत प्रतिवाद गर्ने धारणा राखेका थिए ।

बैठकपछि एमाले मुख्य सचेतक विशाल भट्टराईले महाभियोगपछिको अवस्थामा उपयुक्त निर्णय गर्न उच्चस्तरीय नेतृत्वलाई जिम्मेवारी दिएको जानकारी दिए ।