
खबरबाकस \ रेडियो थाहा संचारको १४ औँ वार्षिक उत्सवको साताव्यापी विभिन्न कार्यक्रम आजबाट सुरु भएको छ।
१४ औँ वार्षिक उत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत आइतबार पर्यावरण प्रवर्द्धनमा साइकल र्याली नारा सहित साइकल र्यालीको आयोजना गरिएको छ । हेटौंडा ४ अजरअमर रोडमा रहेको रेडियो प्राङ्गणबाट सुरु भएको र्याली बुद्धचोक सानोपोखरा, क्याम्पाडाँडा, चौघडा, चुच्चेखोला,सालक पार्क हुदै मकवानपुर गढीगाउँपालिका २ शिखरकटेरीमा पुगेर समापन भएको थियो । र्यालीमा २० जना राइडर्सहरूको सहभागीता रहेको थियो ।
बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । र्यालीमा सहभागीहरुलाई मन्त्री खड्काले प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, हेटौंडा ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई, मकवानपुरगढी २ का वडाध्यक्ष बखान सिंह पाख्रिन, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन प्रसाद दहाल, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौंडाका प्रहरी उपरीक्षक नेत्र बहादुर कार्की, राइडर्स क्लब मकवानपुरका संस्थापक अध्यक्ष दिपेन्द्र चन्द्र ठकुरी, अध्यक्ष विकास ताम्राकार, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक हरी बहादुर क्षेत्री पाण्डेको अतिथ्यता रहेको थियो ।

वार्षिक उत्सवको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत फागुन २ गते (भोली ) हेटौंडा बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजन गरिने रेडियोका स्टेसन म्यानेजर मणिराज गौतमले बताए। रेडियोले प्रत्यक वर्ष साता व्यापी कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाउदै आएको छ। कार्यक्रम रेडियोका प्रबन्धक अरुणराज सुमार्गीको अध्यक्षतामा भएको थियो ।








