मुख्य खबरसमाचारफिचर

फेकोफनको मकवानपुरगढीको प्रथम स्थानीय परिषद्

संवाददाता

 खबरबाकस \ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन), स्थानीय महासंघ मकवानपुरगढीको प्रथम स्थानीय परिषद् शनिबार भएको छ ।

वडा नम्बर २ मा भएको स्थानीय परिषद् बागमती प्रदेश महासंघका सचिवालय सदस्य रामहरि चौलागाईको प्रमुख अतिथ्यता रहेको थियो ।
फेकोफन स्थानीय तहमा गएपछि पहिलो पटक मकवानपुरगढी गाउँपालिकाले प्रथम परिषद् भएको हो ।

परिषद् कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रिन, वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिना, सल्लाहकार चन्द्रप्रसाद दुलाल, लक्ष्मी अधिकारी, अर्जुन प्रसाद गौतम, श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक हरिप्रसाद न्यौपाने, स्थानीय महासंघका उपाध्यक्ष माया तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

परिषद् कार्यक्रममा महासंघ गठन भए देखि हाल सम्मका गतिविधि समेटिएको सांगठनिक प्रतिवेदन अध्यक्ष बलराम अधिकारीले प्रस्तुत गरेका थिए । महासंघमा आवद्ध भई गाउँपालिकाका २९ वटा सामुदायिक वन क्रियाशील रहको उनले बताए ।
महासंघले २ लाख ८ हजार ७३२ बराबरको आर्थिक कारोबार गरेको छ ।