
हेटौंडा \ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको सञ्चालन र व्यवस्थापन समितिको अध्यक्षमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सुदीप बर्तौला नियुक्त भएका छन् ।
बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बर्तौलालाई शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको अध्यक्षमा नियुक्त गरिएको हो । बर्तौलाले शुक्रबारनै आफ्नो पदभार समेत ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै बर्तौलाले आयुर्वेद अस्पताल सञ्चालनका लागी हेटौंडा उपमहानगरपालिका भित्र जग्गा खोजि गर्ने र जतिसक्दो भवन निर्माणको प्रकृया थालनि गर्ने बताएका छन् । उनले आयुर्वेदलाई जिवन पद्धतिको रुपमा विकास गर्न आफ्नो भूमिका रहने पनि बताए ।
पछिल्लो समय आधुनिक औषधि विज्ञानले परम्परागत औषधि उपचारको पद्धति आर्युवेदलाई विस्थापित गरेको देखिएपनि आयुर्वेदलाई व्यापक बनाउन जनचेतना जगाउने काम गर्ने अध्यक्ष बर्तौलाले बताएका छन् ।








