
खबरबाकस \ मकवानपुरगढी गाउँपालिकामा उत्पादन हुने रैथाने बाली कोदो र फापरको परिकार आइतबार प्रदर्शन गरिने भएको छ ।
विहीबारबाट गाउँपालिकामा तीन दिने तालिम पश्चात तयार पारिएको परिकार आइतबार प्रदर्शनी गरिने भएका हो । गाउँपालिका कृषि विकास शाखाको आयोजनामा तालिमको भएको हो ।
तालिममा कोदो र फापरको हलुवा, निमकिन, बिस्कुट, केक, कुकिज, पिजा, पाउरोटी, दुनोट, मःम जस्ता परिकार बनाउन तालिम प्रदान गरिएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । उनले आइतबार परिकारहरुको प्रदर्शनी समेत गरिने जनाएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषदका बैज्ञानिक (खाद्य) प्रविण ओझाले प्रशिक्षण दिएका छन् । तालिममा सवै वडाका टोल, होमस्टे, खाजा घरका संचालक र कृषि प्राविधिकहरुको सहभागीता रहेको छ ।








