मुख्य खबरसमाचारफिचर

सबै नेपालीलाई बुस्टर, ११ वर्ष मुनिका बालबालिकालाई पनि खोपः स्वास्थ्यमन्त्री

संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन् ।

उनले छिट्टै नै सबै नेपालीलाई बुस्टर डोज खोप दिने सरकारको योजना रहेको पनि बताए ।

बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरुलाई चाँडो कोरोनाविरुद्धको खोप लगाउन र विपन्नहरुको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

विद्यार्थीहरुलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिवद्धता जनाए ।