मुख्य खबरसमाचारफिचर

मेरो सपनामा निर्मल निवास तगारो बन्यो: कमल थापा

राप्रपा त्यागे कमल थापाले

श्रीराम अर्जुन

खबरबाकस \ राप्रपा नेपालका पूर्व अध्यक्ष कमल थापाले आफ्नो सपनामा निर्मल निवास तगारो बनेको बताउनुभएको छ । गृह नगर हेटौंडामा जिल्लाका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आफ्नो हरेक काममा निर्ममल निवास तगारो बनेको बताउनुभयो ।

पार्टीको निर्वाचनमा हारलाई सहज रुपमा स्वीकार्दै थापाले आफुमा हार भएको चिन्ता होइन कि निर्वाचनको क्रममा राजा र राजाको सचिवालयबाट जुन हस्तक्षेप भएकोमा चिन्ताको विषय बनेको बताउनुभयो ।

सचिवालयबाट कमल थापालाई हराउन कै लागि प्रचारप्रसार, लोभलालच र प्रलोभन देखाउने कार्य भएकोले आपत्ती जनाउदैं राजसंस्था एउटा आर्दश र अभिभावकको रुपमा रहेको थियो तर अब त्यस्तो नरहेको बताउनुभयो ।

उहाँले पार्टी एकिकरण गरिएको ६ महिना नवित्दै निर्मल निवासका कारण पार्टी फुट्न पुग्यो । एकता र फुटको अवस्था स्मरण गर्दै थापाले राजाले गरेको यी यस्ता गतिविधि प्रति गुनासो पोख्नुभएको थियो ।

राजाको लागि आफु थुनामा परेर रायमाझी आयोग गठन गरि छानविन गरियो तर अलपत्र परेको बेला राजाको लागि, राजसंस्थाको लागि आफु डटिरहदाँ पनि अहिले पछाडिबाट छुरा प्रहार गरिएको आरोप लगाउनुभएको छ ।

आफुलाई जुन छुरा प्रहार गरियो त्यसको मुल्य पार्टीले चुकाउनेछ । ३३ वर्ष पार्टीमा रगत पसिना बगाएर यहाँ सम्म ल्याएको थिए । तर अब आफु पार्टीमा नभए पनि पार्टी चल्छ ।

स्थानीय निर्वाचनमा आफु नयाँ ढङ्गले चल्ने बताउदैं थापाले यो आलोकाँचो नेतृत्व जुन छ पार्टीमा यिनिहरुले दर्शन र विचारलाई बुझेका छैनन् भनी अध्यक्ष राजेन्द्र लिङ्देनलाई निर्मल निवासको कदमको विषयलाई लिएर पत्र दिदाँ समेत वास्ता नगरेको बताउनुभयो ।

अगुवा कार्यकर्तालाई सम्बोधन पश्चात पत्रकारहरुलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल पार्टीबाट अलग रहने भनी पार्टी परित्याग गरेको घोषणा गर्नुभयो ।