मुख्य खबरसमाचारफिचर

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

संवाददाता

 खबरबाकस \ राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले राप्रपाबाट अलग रहने भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीति पार्टीको भित्रै विताउने र पार्टी मै रमाउने चाहना भएतापनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ भन्दै प्रसे विज्ञप्ती जारी गर्दै पार्टीबाट अलग रहेको बताउनुभयो ।

उहाँ आफ्नो राजनीति जीवनको करिब ३१ वर्ष राप्रपामा विताएको बताउनुभयो ।

No description available.