
हेटौंडा \ मकवानपुरमा आगामी फागुन १ गतेबाट विद्यालय तथा सबै खाले शैक्षिक संस्था सञ्चालनका निमित्त स्थानीय तहलाई जिम्मेवारी दिइएको छ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा सोमबार जारी १७ बुँदे आदेशमा उक्त कुरा उल्लेख गरिएको छ।
आदेशमा फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनकाे व्यवस्था गर्ने जिम्मा जिल्ला शिक्षा समन्वय समिति र सम्बन्धित स्थानीय तहलाई दिइएकाे र विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारकाे शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाकाे मापदण्ड पालना गरी फागुन १ गतेबाट सञ्चालन गर्ने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र स्थानीय तहहरुले मिलाउन भनिएको छ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीकाे हकमा नियमित रुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीकाे हकमा आलाेपालाे गरेर पठनपाठन गर्न आदेशमा उल्लेख गरिएको छ। विद्यालय, कलेज, संघ तथा प्रदेश लाेकसेवा आयाेगकाे परीक्षा सञ्चालन गर्न सकिने पनि जनाइएकाे छ।
फागुन १ गतेदेखि मन्दिर, मन्दिर, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा बढीमा ५० जना भेला भई ध्यान तथा पूजा गर्न सकिने जनाइएकाे छ । पार्टी प्यालेसमा पनि बढीमा सय जना वा कुल क्षमताकाे ५० प्रतिशत भेला हुन पाइने छ तर आमसभा जुलुस जस्ता कार्यक्रम भने गर्न नपाइने भएको छ।
यस्तो छ सिडिओको १७ बुँदे आदेश










