
खबरबाकस \ मकवानपुरमा सोमबार १० जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लाभर ६० जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
थप १० संक्रमित सहित मकवानपुरमा संक्रमित संख्या १७ हजार ७४७ पुगेको छ। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना मुक्त भएका छन् ।








