
खबरबाकस \ हेटौंडा ४ स्कुलरोडमा शेरिशा मोवाईल हव पसलको अर्को नयाँ आउटलेट शुभारम्भ भएको छ । सोमबार एक कार्यक्रमका बीच संचालक अनिष विष्ठका छोरी शेरिशा र बुबाआमाले आउटलेटको शुभारम्भ गरेका थिए ।
वान प्लस मोवाईलको आधिकारिक विक्रेता समेत रहेको शेरिशा मोवाईल हवले शुभारम्भको अवसर पारेर सोमबार र मंगलबार विशेष छुट योजना तथा उपहार कार्यक्रम रहेको संचालक विष्ठले बताए ।
आज र भोली साँझ ७ बजे सम्म मोवाईल खरिद गर्नेलाई तीन घण्टाको फरकमा लक्की ड्र मार्फत एक जनालाई चादीँको सिक्का उपहार कार्यक्रम रहेको उनले बताए ।

उक्त उपहार कार्यक्रम सँगै मोवाइल खरिद गर्नेलाई एयरफोन, व्याक कभर र टेम्पर क्लास फ्री रहेको बताए । सामसुङ मोवाईलको एक लाख भन्दा माथी मुल्य पर्ने मोडल फोल्ड थ्री र फिल्प थ्री बढी बिक्री गर्ने नेपालकै टप थ्रीमा परेको शेरिषा मोवाइल हवमा सबै चर्चित ब्राण्डका मोवाईल र एशोसेरिजहरु पाइने सञ्चालक विष्ठले बताए ।

उनले सामसुङ ब्रान्डका मोवाईल खरिदमा किस्तावन्दीको समेत व्यवस्था रहेको बताए । उनले शुभारम्भको अवसरमा पुरानो मोवाईल साट्ने योजना पनि ल्याएको बताएका छन् । शेरिषा मोवाईल हेटौंडा ४ स्कुलरोडमा दुई स्थानमा सञ्चालित छन् ।








