मुख्य खबरसमाचारफिचर

ग्यास बुलेट गाडीले ठक्कर दिदाँ हेटौंडाका श्रेष्ठको निधन

संवाददाता

खबरबाकस \ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानीमा सवारी दुर्घटना हुदा हेटौंडा १० का एक पुरुषको मृत्यु भएको छ।

आइतबार दिउँसो पुर्वपश्चिम सडक खण्ड अन्तर्गत उक्त स्थानमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउदै गरेको एनएल-०१ एन २९९९ नम्बरको भरतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिदा निधन भएको हो ।

निधन हुनेमा स्कुटरमा सवार हैटौंडा १० टिसिएनरोड बस्ने अन्दाजी ५० ५१ बर्षीय बुद्धि बहादुर श्रेष्ठ रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरिक्षक देवेन्द्र दासले बताए।

गम्भिर घाईते उनको उपचारको क्रममा हेटौंडा ११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाइएको छ। ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

-तस्विर अशोक सारु मगर