
खबरबाकस \ मकवानपुरमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।
शुक्रबार मकवानपुरमा १९ जनामा कोरोना संक्रमित भएका छन् भने सक्रिय संक्रमितको संख्या १७५ जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
उनले मकवानपुरमा रहेका सक्रिय संक्रमित मध्ये १२ जना संस्थागत आइसोलेसनमा र १६३ जना होम आइसोलेसनमा रहेको बताए ।
२९ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र ३२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको घिमिरेले बताए ।








