मुख्य खबरसमाचारफिचर

लामिछानेले गरे कार्यबहाक सभापतिको पदभार ग्रहण

संवाददाता

 खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले विहिबार पदभार ग्रहण गरेका छन् ।

कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति निर्वाचित भएपछि स्वत जिल्लाको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका लामिछानेले आज औपचारिक रुपमा पदभाग ग्रहण गरेका हुन् ।

पार्टीको १४ औँ महाधिवेशन अन्तरगत मंसिर अन्मित साता सम्पन्न बागमती प्रदेश अधिवेशनबाट मकवानपुर सभापति बानियाँ प्रदेश सभापति निर्वाचित भएपछि जिल्ला उपसभापति रहेका लामिछानेले कार्यबाहकको जिम्मेवारी पाएका थिए ।

केहि दिन अघि मात्रै प्रदेश सभापति बानियाँले जिल्लाका पदाधिकारीहरुलाई पनि जो जुन पदमा छ, सोही पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए । जिल्लाको निर्वाचन नभएसम्मको लागि उपसभापतिलाई भने कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।