
खबरबाकस \ मकवानपुर पछिल्लो २४ घण्टामा एक सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै ३४ जना संक्रमित थपिएका छन् ।
४० जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २४ जना र ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
मकवानपुरमा अहिले सक्रिय संक्रमितको संख्या २ सय ३७ जना रहेका छन् । संक्रमित भएकाहरु संस्थागत आइसोलेसनमा ११ जना र होम आइसोलेसनमा २२६ जना रहेका छन् ।








