
खबरबाकस \ नेपाल व्युटिसियन संघ मकवानपुरले हेटौंडा अस्पताललाई कोभिड परिक्षण किट सहयोग गरेको छ ।
विहीबार अस्पताल परिसरमा संघका अध्यक्ष रिना गौतमले एन्टिजेन विधिबाट परिक्षण गरिने १५० भन्दा बढी किट अस्पताल व्यवस्थापक सुरेन्द्र देव बडुलाई हस्तान्तरण गरेकी थिइन् । हस्तान्तरण पश्चात बडुले धन्यवाद दिदैं किट अभाव हुन नदिन किट सहयोग गरिएकोले आभार व्यक्त गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा संघको बागमती प्रदेश संयोजक तारा कार्की, जिल्ला सचिव सावित्री कार्की, कोषाध्यक्ष पुजा पोखरेल, सदस्यहरु शारदा कार्की, शुष्मा रानामगर, अनुपा जीयम, पुर्णिमा लोप्चन लगायतको उपस्थिती रहेको थियो ।
स्वास्थ्य क्षेत्र मात्र नभइ व्युटिसियन संघले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । संघले सहयोग रहेको किट लायन्स क्लब अफ भुटनदेवी सेन्टिनियलको थर्ड भिपि धुव्रबहादुर पाण्डेले उपलब्ध गराएका हुन् ।








