मुख्य खबरसमाचारफिचर

बकैयाका सुवेदीको दुर्घटनामा मृत्यु

संवाददाता

हेटौंडा \ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातमाटेमा बस र मोटरसाइकल एक आपसमा ठोक्कीदाँ मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक भने घाइते भएका छन्, ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुर बकैया ७ बस्ने ३७ वर्षका शीव प्रसाद सुबेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ। मृतक सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

त्यसैगरी घाइते हुनेमा मोटरसाइकल चालक दोलखा शैलुङ ५ बस्ने ४६ वर्षका थनक प्रसाद दुलाल घाइते भएको जनाइएको छ। बुधबार दिउँसो पुर्व-पश्चिम सडकखण्डमा बाराबाट हेटौडा तर्फ आउदै गरेको ना ६ ख ८४२५ नम्बरको बस र बिपरित दिशा बाट जादै गरेको बागमती प्रदेश ०२-०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्कीदाँ दुर्घटनाग्रस्त भएको हो।

बस तथा चालक नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइते दुलालको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।