
खबरबाकस \ नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा जयराम लामिछानेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार हेटौंडा–२ स्थित कांग्रेस चोक नजिकै सम्पर्क कार्यालय स्थापना गर्दै लामिछानेले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले मकवानपुरमा कांग्रेसप्रति जनविश्वास बढिरहेको पार्टीलाई गुटउपगुट नभइकन आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
लामिछानेले केहीदिनमा आफ्नो प्यानल नै सार्वजनिक गरेर निर्वाचनमा होमिने बताएका थिए । उम्मेदवारी घोषणासभामा नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल, रघुरमण न्यौपाने तथा जिल्ला सचिव आनन्द कठायत, महिला नेतृ रिता खनाल, इन्दिरा न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।








