
खबरबाकस \ मकवानपुरमा मंगलबार ४५ जना कोरोना संक्रमित थपिएका छन् । मकवानपुरमा संक्रमित भन्दा निको हुनेको संख्या बढीनै रहेको तथ्याङ्कले देखाएको छ।
पछिल्लो २४ घण्टामा ३९६ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ४५ जना संक्रमित भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
आज थपिएका ४५ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७ हजार ६५९ पुगेको छ। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना मुक्त भएको घिमिरेले बताए ।








