मुख्य खबरसमाचारफिचर

टाटाटुटी र राटारुटी हटाउन सांसदहरुलाई आग्रह : प्रमुख शर्मा

प्रदेश सभाले मनायो चौथो वार्षिकोत्सव

मणिराज गौतम

सिधाखबर खबरबाकस \ प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभामा देखिएको टाटाटुटी र राटारुटी हटाउन संसदहरुलाई आग्रह गरेका छन् । मंगलबार बागमती प्रदेश सभाको चौथो वार्षिकोत्सव समारोहमा बोल्दै शर्माले प्रदेश सभामा देखिएका दलहरुबीचको अन्तरद्धन्द हटाएर प्रदेश सभालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आग्रह गरेका छन् । संघीयताको प्रवलीकरण गर्नुपर्ने भन्दै संसदले रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रदेश सभा सचिवालयले सभा परिसरमा आयोजना गरेको कार्यक्रम प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको सभाध्यक्षता तथा प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रमुख आतिथ्यता रहेको थियो । उपसभामुख राधिका तामाङले समारोहलाई स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्रदेशको गतिविधि समेटिएको वृतचित्र प्रस्तुत गरिएको थियो भने प्रदेश दर्पण नामक पुस्तक पनि सार्वजानिक गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल एमालेका नेता अष्टलक्ष्मी शाक्यले आफुहरुले पर्याप्त काम गर्न नसकेको भन्दै जतिकाम गरिएको छ त्यसलाई उपलब्धी मान्नुपर्ने बताइन् ।

प्रदेशलाई नमुना बनाउन लाग्दालाग्दै केहि कानुन निर्माणमा समस्या देखा परेकोले सोचअनुरुप सफलता हासिल गर्न नसकेको बताइन् । प्रदेशलाई मर्यादित र जवाफदेही बनाउन छड्केशैलीमा मुख्यमन्त्रीलाई आग्रह गरिन् । उनले प्रदेशमा तीन/तीन जना मुख्यमन्त्री पाएको भाग्यमानी रहेको भन्दै व्यङ्ग्य गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदको मुल्यमान्यतालाई कुल्चने प्रयास भएको भन्दै त्यसलाई पारगर्दै प्रदेश सभाले चौथो वर्ष पार गरेकोमा शुभकामना दिएका थिए । उनले संसदलाई बलियो बनाउनुपर्नेमा जोड दिदैं छिटो र छरितोरुपमा काम गर्न आफुहरुले मन्त्रालय विस्तार गरेको बताए ।

No description available.

सरकार भनेको आउने जाने प्रक्रिया भएको भन्दै कुरामात्र संसदीय गणतन्त्रको गरेर नहुने व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले चार वर्षमा प्रवेश गरिएकोमा सबैलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई नमुना प्रदेशको रुपमा निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

बागमती प्रदेश सभाले चार वर्षमा ६६ वटा कानुन निर्माण गरेता पनि ६१ वटा कानुन पास गरेको जनाइएको छ । समारोहको अवसरमा सभाको नियमित वैठकमा उपस्थिती हुने छ जना सांसद र कर्मचारीलाई सम्मान गरिएको थियो ।