मुख्य खबरसमाचारफिचर

प्रदेश सरकारद्धारा ल्होसार र न्वागीमा सार्वजनिक विदा

संवाददाता

खबरबाकस \ बागमती प्रदेश सरकारले तामाङ समुदायको विशेष पर्व ल्होसार र चेपाङ समुदायको मुख्य पर्व न्वागीमा सार्वजनिक विदा दिने निर्णय गरेके छ ।

तामाङ समुदाय र चेपाङ समुदायले आफ्नो मुख्य चाडमा सार्वजनिक विदा मागिरहेको अवस्था प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक विदा दिने घोषणा गरेको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले बताए ।

मन्त्रिपरिषद्को बैठकले प्रदेशको विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय समेत गरेको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । ‘प्रदेश सरकारले यस विषयमा कम्पनीसँग छलफल गरिरहेको मन्त्री खनालले बताए । त्यस्तै, बैठकले प्रदेश सरकारअन्तर्गत् सञ्चालन हुने बहुवर्षे ठेक्काको पनि मापदण्ड तय गर्ने भएको छ । यसैगरी प्रदेश किताब खाना समेत सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको उनले बताए ।