मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थपिए पचास जना संक्रमित

संवाददाता

 खबरबाकस \ मकवानपुरमा सोमबार ५० जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।

पछिल्लो २४ घण्टामा १०४ जनाको एन्टिजेन तथा पिसिआर विधिबाट कोरोना जाँच गर्दा ५० जना संक्रमित भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।

आज थपिएका ५० संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७ हजार ६१४ पुगेको छ। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना मुक्त भएका छन् । मकवानपुरमा संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।