
खबरबाकस \ बागमती प्रदेशको वन ऐन,२०७६ संशोधन गर्न माग गर्दै आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले सोमबार एक घण्टा बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको मुख्यगेटमा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ ।
फेकोफन मकवानपुरले देश व्यापी सप्ताहव्यापी रूप कार्यक्रम अन्तर्गत ऐनको विरोधमा आइतबार बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयमा धर्ना दिएको थियो ।
बागमती प्रदेश सरकारले ऐनलाई संशोधन नगरेको र आन्दोलन स्वरुप एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेको फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईले बताउनुभयो ।
विरोध प्रदर्शनमा वन ऐनका ९४ दफामध्ये ८० वटाभन्दा धेरै दफा नेपालको संविधान र संघीय वन ऐन २०७६ संग बाझिएकाले ऐन संशोधन वा खारेज गरी नयाँ ऐन तर्जुमा गर्न माग गरिएको छ ।








