मुख्य खबरसमाचारफिचर

अर्धवार्षिक समिक्षाः तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन

संवाददाता

 खबरबाकस \ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले चालु आर्थिक वर्षका योजनाहरु समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

हेटौंडामा मन्त्रालयले आयोजना गरेको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस वर्ष सम्पन्न गरिनुपर्ने कामहरु समयमै गर्न प्रदेशका सबै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयमा प्रमुखहरुलाई आग्रह गरेका हुन् ।

उनले गर्न बाकीँ योजनाहरु योजनाबद्ध ढङ्गले अघि बढ्न र समयमै सक्नुका साथै सेवाग्राहीको सेवा छिटोछरितो रुपमा गर्न आग्रह गरेका हुन् ।

मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको अध्यक्षता तथा मन्त्री श्रेष्ठको प्रमुख अतिथ्यतामा भएका समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री रजनी अमात्य जोन्छेको विशेष अतिथ्यता रहेको थियो ।

१३ वटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयमा प्रमुखहरुको सहभागितामा भएको समिक्षा कार्यक्रममा जिल्लामा भएका अर्धबार्षिक कार्य सम्पादन प्रस्तुती गरिएको थियो ।