मुख्य खबरसमाचारफिचर

संवाददाता

हेटौंडा \ पुरानो नारायणी यातायात कम्पनी प्रा.लि. मकवानपुरले प्रहरीलाई मास्क हस्तारन्तरण गरेको छ । मंगलबार हेटौंडाको बुद्धचोकमा एक कार्यक्रम आयोजना गरी कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्टलाई मास्क हस्तान्तरण गरेका हुन् ।

मकवानपुरमा पुनः कोरोना संक्रमण बढ्दै अवस्थालाई मध्यनजर गर्दै सचेतनामूलक पर्चा तथा मास्क वितरण अभियान सुरु गरिएको थियो । कम्पनीले “अनिवार्य मास्क लगाऔं, स्वास्थ्य मापदण्ड पालना गरौँ ”भन्ने उद्देश्य सहित सुरु गरेको अभियान अन्तर्गत प्रहरीलाई मास्क हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए । कम्पनीले यस अघि हेटौंडा १० बसपार्कमा माक्स अभियान सञ्चालन गरिसकेको छ ।

कार्यक्रममा कोभिड सर्तकताको लागि सचेतना मुलक पर्चा र मास्क नलगाउने यात्रुलाई मास्क वितरण पनि गरिएको थियो । उनीहरुले स्वास्थ्य सुरक्षका मापदण्ड पालना गर्न गराउन आग्रह समेत गरेका थिए । कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनीका महासचिव सरोज खनाल, कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।