
खबरबाकस \ मकवानपुरमा मंगलबार १४६ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २४० जनाको एन्टिजेन तथा पिसिआर विधिबाट कोरोना जाँच गर्दा १४६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
आज थपिएका १४६ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७ हजार ३२७ पुगेको छ । त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा २३६ जना कोरोना मुक्त भएको घिमिरेले बताए ।








