मुख्य खबरफिचर

मकवानपुरमा मास्क नलगाउने ५९ जनालाई कारबाही

संवाददाता

 खबरबाकस \ जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क नलगाइ हिँड्ने ५९ जनालाई कारबाही गरेको छ ।

स्थानीय प्रशासनको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मास्क नलगाई हिंडडुल गर्ने ५९ जनालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही एकसय रुपैयाँ दरले जरिवाना गरिएको प्रवक्ता एंव प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए । हो ।