मुख्य खबरसमाचारफिचर

मकवानपुरगढीको विजयोत्सवः गढी र सेनाबीचको सम्बन्ध शिलापत्र बोर्ड उद्घाटन

अंग्रेज फौजलाई पराजित गरेको दिन

संवाददाता

खबरबाकस \ नेपाल एकीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मकवानपुरगढीमा हरेक वर्ष माघ १० गते विजय उत्सव मनाइने गरिन्छ । यस वर्षभने कोभिडका कारण स्वास्थ्य मापदण्ड अपनाएर २५९ औं विजय उत्सव सामान्य तरिकाले मनाइएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ मा पर्ने गढी दरबार क्षेत्र हेटौँडाबाट १७ किमी पूर्वमा अवस्थित छ । साढे दुई सय वर्षअघि यही स्थानबाट अङ्गे्रजको फौजलाई गोर्खाली फौजले पराजित गरेको इतिहास रहेको छ । उक्त गढी सेन वंशीय राजाहरूको विरासत हो । करीब १३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो गढीको रुपमा चिनिन्छ । विसं १६१० मा सेनवंशीय राजाको शासनकालमा गढी निर्माण भएको इतिहासमा उल्लेख रहेको छ ।

ऐतिहासिक मकवानपुरगढी विजय उत्सव मुल समारोह समितिको आयोजनामा २५९ औं विजय उत्सव मनाइएको हो । प्रतिनिधि सभा क्षेत्र १ का सदस्य कृष्णप्रसाद दाहालको प्रमुख अतिथ्यता तथा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्यक्षतामा उत्सव मनाइएको हो । उत्सवको अवसरमा मकवानपुरगढी र नेपाली सेना सम्बन्धको शिला पत्र बोर्ड र राष्ट्रिय झण्डात्तोलन गरिएको थियो ।

No description available.

कार्यक्रममा २८ नम्बर बाहिनी प्रमुख सेनानी भाइकाजी थापा, पुरानो गोरख गणका निमित्त गणपती गुणराज अधिकारी, गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, वडा नम्बर २ का वडा अध्यक्ष बखानसिं पाख्रीन, वडा १ का आइतसिं लो, वडा ३ का भागवत घिमिरे, वडा ५ का जीतबहादुर घिमिरे, वडा ७ का सुर्यबहादुर रुम्बा, इतिहास खोजकर्ता केदारप्रसाद न्यौपाने, माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी पाख्रीन, नेपाली कांग्रेस गाउँपालिकाका सभापति राजविर मुक्तान, राप्रपाका कृष्णबहादुर विडारी, कार्यपालिका सदस्य, विभिन्न वडाका वडा सदस्य, सञ्चारकर्मी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेन मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइ हारेपछि बंगालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न पुगेका थिए । नबाव अलीको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा बिक्रम सम्वत १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।

मकवानपुरगढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकबाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएकाले सोही दिन जीत हासिल गरिएकोले विजय उत्सव मनाउने गरिएको हो । पृथ्वीनारायण शाहले त्यतिबेला श्रीनाथ गण, सवुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिवक्स गण गठन गरेका थिए ।