
खबरबाकस \ मकवानपुरमा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
सोमबार ४९२ जनाको कोरोना परीक्षण गर्दा १६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
पिसिआर तथा एन्टिजेन विधिबाट ४९२ जनाको कोरोना जाँच गर्दा १६६ जनामा संक्रमण पुष्टि भएको हो।
आज थपिएका १६६ सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १७ हजार १८१ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा २० व्यक्ती संक्रमण मुक्त भएको घिमिरेले बताए ।








