
खबरबाकस \ मकवानपुरमा काेराेना सङ्क्रमणकाे सङ्ख्या बढ्दै गइरहेकाे अवस्थामा सार्वजनिक स्थलमा माक्स प्रयाेगमा अनिवार्य गरेकाे छ । जिल्ला काेभिड व्यवस्थापन समितिकाे निर्णय अनुसार जिल्लाका विभिन्न स्थलहरुमा माक्स अभियान नै सुरु गरिएको एक साता भइसकेकाे छ ।
अभियान सुरु गरेको हप्तादिन हुदा समेत माक्स प्रयाेग नगर्ने भेटिए पछि आइतबार बसेकाे डिसिसीएमसीकाे बैठकले माक्स प्रयाेग नगर्नेलाइ एक सय जरिवाना गर्ने भनी निर्णय गरेकाे छ ।
उक्त निर्णय सँगै खाेप कार्ड अनिवार्य बाेक्नुपर्ने, स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने, खाेप नलगाउनेले अनिवार्य खाेप लगाउन बैठकले अाग्रह गरेकाे छ ।
मकवानपुरमा आइतबार ९१ जनामा काेराेना पुष्टि भएको छ भने सयौं सङ्ख्यामा स्वास्थ्यकर्मी नै काेराेना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।








