मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थपिए ७५ जना संक्रमित

संवाददाता

खबरबाकस \ मकवानपुरमा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना पुष्टि भएको छ । ११० जनाको कोरोना परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।

विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट ११० जनाको कोरोना जाँच गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो।

शनिबार थपिएका ७५ सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १६ हजार ९७२ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा २१ जना व्यक्ती संक्रमण मुक्त भएको घिमिरेले जनाएका छन् ।