
खबरबाकस \ मकवानपुरमा पछिल्लो २४ घण्टामा १९६ जनामा कोरोना पुष्टि भएको छ।
२ सय ९५ जनाको कोरोना परीक्षण गर्दा १९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
२४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट २९६ जनाको कोरोना जाँच गर्दा १९६ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका १९६ सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १६ हजार ८९७ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा १५ व्यक्ती संक्रमण मुक्त भएका छन्, ।








