मुख्य खबरसमाचारफिचर

देशभर १० हजार ७०३ जनामा कोरोना पुष्टि

संवाददाता

काठमाडौं \  पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौंमा ४ हजार २ सय ७९, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा ४ सय ५३ गरी काठमाडौं उपत्यकामा ५ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ६६ जना संक्रमणमुक्त हुँदा ३ लाख ७ हजार ४ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

कोरोनाकै कारण शुक्रबार ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँग अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको छ ।

देशभर ६५ हजार ३ सय ७४ कोरोनाको सक्रिय संक्रमित छन् । जसमध्ये ३५ जनाको भेन्टिलेटरमा र १ सय ९४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।