मुख्य खबरसमाचारफिचर

बंशगोपाल क्याम्पसको भवन उद्घाटन, अध्यक्षमा पुनः चौलागाई चयन

संवाददाता

 खबरबाकस \ हेटौंडा–६ चौघडामा रहेको वंशगोपाल बहुमुखी क्याम्पसको पाँचौ क्याम्पस सभा शुक्रबार भएको छ ।

क्याम्पसका अध्यक्ष उज्जवल चौलागाईको अध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको क्याम्पस सभामा सम्बोधन गर्दै पौडेलले सामुदायिक क्याम्पस सञ्चालन गर्न जटिल भएको बताएका थिए । उनले सरकारी क्याम्पस सरकारको लगानीमा चल्ने र निजी क्याम्पस आफू अनुकुलमा शूल्क उठाउन सक्ने हुनुपर्नेमा जोड दिएका थिए ।

सभाकै अवसरमा पौडेलले क्याम्पसको पाँच कोठे नवनिर्मित भवनको उद्घाटन समेत गरेका छन् । प्रदेश सरकारको ५५ लाख रुपैयाँ र विश्व विद्यालय अनुदान आयोग अनुदान २५ लाख रुपैयाँ अनुदान रकमबाट भवन निर्माण गरिएको थियो । शिक्षा संकाय र वाणिज्य संकायमा स्नातक तह अध्ययन हुने वंशगोपाल बहुमुखी क्याम्पसमा एक सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।

क्याम्पस सभाले पुनः उज्जवल चौलागाईको अध्यक्षतामा १३ सदस्यीय क्याम्पस सञ्चालक समिति चयन गरेको छ ।

क्याम्पस सञ्चालक समितिको उपाध्यक्षमा पूर्णभद्र चौलागाई, कोषाध्यक्षमा उद्धव विडारी चयन भएका छन भने सदस्यहरुमा उत्सव चौलागाई, शुभद्रा तिल्सिना, गणेश बहादुर दुलाल, धुव्र घिमिरे साथै आमन्त्रित सदस्यमा पुष्पराज अधिकारी, विश्वराज राई चयन भएका छन् । क्याम्पस सञ्चालक समितिको सदस्य सचिव क्याम्पस प्रमुख रहने व्यवस्था रहेको छ ।