मुख्य खबरसमाचारफिचर

एघार जना डाक्टर सहित अस्पतालमा ५४ जनामा कोरोना संक्रमण

संवाददाता

 खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा ११ जना डाक्टर सहित ५४ जनामा कोरोना संक्रमण भएको जनाइएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरले विहीबार अस्पतालको निरिक्षण गर्ने क्रममा अस्पतालका अध्यक्ष राजेश प्रसाईले ११ जना डाक्टर, १४ जना नर्स सहित ५४ जनामा कोरोना संक्रमण भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महत सहितको टोलीले अस्पतालको निरिक्षण गर्ने क्रममा अस्पतालमै कार्यरत डाक्टर, नर्स, ल्याब टेक्निसियन, एक्सरे टेक्निसियन, कार्यालय सहयोगी लगायत अन्य गरी ५४ जनामा कोभिड भएको अध्यक्ष प्रसाइले बताउनुभयो । एक साताभित्रमा ५४ जनामा कोरोना भएको उहाँले बताउनुभयो ।

उहाँले अस्पतालमा कोभिड विरामीको लागि १२ वेडको इमर्जेन्सी सेवा तयारी अवस्थामा राखेको र एचडियु सेवामा ९ जनाले सेवा लिइरहेको बताउनुभयो ।