मुख्य खबरसमाचारफिचर

हेटौंडामा जलाइयो तीन सय २८ किलो गाँजा

संवाददाता

 खबरबाकस \ जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानमा बरामद र नियन्त्रणमा लिएको ठुलो मात्रको लागुऔषध गाँजा बुधबार जलाएर नष्ट गरेको छ ।

प्रहरीले विभिन्न समयमा बरामद गरेको तीन सय २८ किलो लागुऔषध गाँजा सञ्चारकमीहरुको उपस्थितीमा हेटौँडा १० मा रहेको राप्ति खोलाको किनारमा जलाएर नष्ट गरेको हो।

प्रहरीले मकवानपुरको विभिन्न स्थानमा दैनिक जसो गाजाँ नियन्त्रण गरिएको छ । केही दिन अघि तेल तरकारीको क्रेट,तरकारी बोकेको अटो र बेवारिस अवस्थामा गाजाँ बरामद गरेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए ।