मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थपिए दुई सय ४६ जना संक्रमित

संवाददाता

खबरबाकस \ मकवानपुरमा पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार ३३७ जनाको कोरोना परीक्षण गर्दा २४६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट ३३७ जनाको कोरोना परिक्षण गर्दा २४६ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

आज थपिएका २४६ सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १६ हजार ५५३ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा ६ व्यक्ती संक्रमण मुक्त भएका छन्, । मंगलबार भने २८५ हजामा कोरोना पुष्टि भएको थियो ।