
हेटौंडा \ प्रदेश २ को स्थायी नाम मधेस प्रदेश कायम भएको छ भने स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। सोमबार बसेको प्रदेशसभाको विशेष बैठकको दुई तिहाइले स्थायी नाम मधेस र राजधानी जनकपुरधाम पारित गरेको हो।
विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मतदान गरेको थियो।
त्यसैगरी प्रदेशसभामा उपस्थित १०४ जना सदस्यमध्ये ९९ प्रदेशसभा सदस्यले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए। नामकरण भएसँगै अब दुई नम्बर प्रदेश मधेस प्रदेशमा रुपानतरण भएको छ।








