मुख्य खबरसमाचारफिचर

मकवानपुरमा एक सय ७६ जनामा कोरोना पुष्टि

संवाददाता

खबरबाकस \ मकवानपुरमा पछिल्लो २४ घण्टामा १७६ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार दिएको तथ्याङ्क अनुसार ५४६ जनाको कोरोना परीक्षण गर्दा १७६ जनामा कोरोना पुष्टि भएको छ ।

पिसिआर तथा एन्टिजेन विधिबाट ५४६ जनाको कोरोना जाँच गर्दा १७६ जनामा संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए । सोमबार थपिएका १७६ सँगै मकवानपुरमा हाल सम्म कोरोना संक्रमित हुने संख्या १६,०९५ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ जना संक्रमण मुक्त भएका छन् ।