मुख्य खबरसमाचारफिचर

हेटौंडामा कोभिडबाट एक जनाको मृत्यु

संवाददाता

 खबरबाकस \ कोरोना संक्रमितको संख्या बढेसँगै हेटौंडामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्यु अस्पतालमा भएको हो ।

हेटौंडा अस्पतालमा उपचारको क्रममा हेटौंडा ११ बस्ने ६९ वर्षका एक पूरुषको आइतबार विहान १ बजे निधन भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।

कोरानाका कारण पछिल्लो समय मकवानपुरमा संक्रमितको संख्या बढ्दै गइरहेकोले स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो कार्य गर्न घिमिरेले सुझाव दिएका छन् ।