मुख्य खबरसमाचारफिचर

प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

संवाददाता

काठमाण्डौ \  प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ ।

यसअघि भोलि  दिउँसो एक बजे बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोना सङ्क्रमण जोखिमको कारण देखाउँदै माघ १६ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले आज सूचना निकालेर कोरोना सङक्रमण जोखिमका कारण माघ तीन गतेका लागि बोलाइएको बैठक माघ १६ दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिनुभएको हो ।

भोलि बोलाइएको राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।