
खबरबाकस \ मकवानपुरमा माक्स प्रयोगको अभियान नै सुरु गरिएको छ । डिसिसीएमसीको निर्णय अनुसार शुक्रबारबाट हेटौंडामा सार्वजानिक स्थल तथा यातायातहरुमा माक्स प्रयोगको अभियान सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले हेटौंडा १० बसपार्कमा रहेका पसल तथा सार्वजानिक बसका यात्रुहरुलाई माक्स वितरण गर्दै अनिवार्य माक्स प्रयोग गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले कोभिड ओमीक्रोन भेरियन्टबाट बच्न र बचाउनको लागि सचेतनामूलक पर्चा र मास्क वितरण गर्दै मकवानपुरका ९ स्थानमा माक्स वितरण कार्यक्रम गरिने समेत बताउनुभयो । भीडभाडले जोखिम बढ्ने हुनाले माक्स वितरण गरिएको यसको साथै जिल्ला भित्र खोपको दायरा बढाउने, स्वास्थ्य पूर्वाधारहरु तयारी अवस्थामा राख्ने काम सुरु गरिनेसमेत बताउनुभयो ।

पुरानो नारायणी यातायात कम्पनीले आयोजना गरेको माक्स वितरण कार्यक्रम जिल्ला प्रहरी कार्यालय र सामूदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कको सहकार्यमा भएको हो । कार्यक्रममा प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, यातायात कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम सेवाकेन्द्रका अध्यक्ष प्रदीप कंडेलको अध्यक्षतामा भएको थियो ।








